ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   १ : ५८   बजे

काठमाडौं २७ साउन । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।

२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।

अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३(३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला ९८१ केजीमाथि०मा एक(एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ ।

पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।

चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।

अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेर चौथो स्थानमा छ ।

आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।

बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य गरी ६३ पदक जितेर छैटौं स्थानमा छ ।

दक्षिण कोरिया र नेदरल्याण्ड्स समान १३ स्वर्ण जितेर क्रमशस् सातौं र आठौं स्थानमा छन् भने १२ स्वर्ण जितेको जर्मनी नवौं र इटली ११ स्वर्णसहित दशौं स्थानमा छ ।

शीर्ष दशमा एसियाबाट ३, युरोपबाट ५ तथा अमेरिका र अष्ट्रिया छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । पाकिस्तानले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेको थियो । भारत १ रजत र ५ कांस्यसहित ६ पदक जितेर ७१औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।

पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।

पेरिस ओलम्पिक सकिएपछि सबैको नजर २८ अगष्टदेखि सुरु हुने पेरिस पारालिम्पिकमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group