ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   २ : ११   बजे

काठमाडौं २७ साउन ।   सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले थुनी कारागारमा थुनामा हुनुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।

शर्माले यी चार निकायहरुका कारण आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । उनी आफू गैरकानूनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिती बनेको उनको जिकिर थियो ।

 

विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई विगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैंया तिराउन आदेश गरेको छ । विगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

फौजदारी कानूनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपितहरुले थुनाबाहिर रहेरै मुद्दाको पुनरावेदन गर्न पाउछन् । तर आफूमाथि ९ वर्षमात्रै कैद तोकिएको अवस्थामा धरौटी बुझाउन नसकेकाले थुनामा बस्नुपरेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu