ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित १८ राजदूतको सूची संसदीय समितिमा पुग्यो, शंकर शर्माको पनि सुनुवाइ हुने


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   ३ : ०८   बजे

काठमाडौं २७ साउन । सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेको छ।

सरकारले गरेको सिफारिस आइतबार समितिमा आइपुगेको सुनुवाइ समितिकी उपसचिव सिर्जना बरालले नेपालखबरलाई जानकारी दिइन्। उनका अनुसार भारतका लागि पुनः सिफारिस भएका शंकर शर्माको नाम पनि सुनुवाइका लागि समितिमा पुगेको छ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।

त्यस्तै भारतका लागि शंकर शर्मा नै सिफारिस भएका छन्। राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो।

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्। चीनका लागि कृष्णप्रसाद ओली, मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिना र साउदी अरबमा नरेशविक्रम ढकाल सिफारिस भएका छन्।

त्यसैगरी इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिल श्रेष्ठ, जर्मनीमा डा। शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल र स्पेनमा सनिल नेपाल सिफारिस भएका छन्।

श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा परराष्ट्रकै सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगब चौहान राजदूत सिफारिस भएका छन्।

संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group