ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर कारोबारमा पौने २६ अर्बको नयाँ कीर्तिमान, हिमालयन रि र शिवम् सिमेन्टको अर्ब बढीको कारोबार


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   ३ : ३७   बजे

काठमाडौं २७ साउन । सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ।   साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो।

यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो।

त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो।

कुल ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर बिक्रीमा यो कीर्तिमान बनेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९४।५३ अंकले नेप्से बढेर २८६०।९१ विन्दुमा पुगेको छ।

योसँगै आज २२५ कम्पनीको सेयर मूल्य बढ्दा १५ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

९ कम्पनीको सेयरमा सकारात्मक सर्किट
आज ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, अपर तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो।

योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः २०।२०, ८२, २७।१०, २७।८०, १९।८०, २१।३०, ८२, २९० र ८७।२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आज १७ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।

गिरावट आउनेमा कुथेली बुखारी स्मल हाइड्रोको सेयर छ। उक्त सेयर १० प्रतिशतले घटेको हो। अन्यको अधिकतम ७।५४ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ।

हिमालयन रि र शिवम् सिमेन्टको अर्ब बढीको कारोबार
आज पनि हिमालयन रि र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। हिमालयन रिको १ अर्ब ५२ करोड र शिवम् सिमेन्टको १ अर्ब १६ करोडको कारोबार भएको हो। यी दुवैको सेयर प्रतिकित्ता क्रमशः ९५३ र ७३३ रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी निफ्राको ५८ करोड, नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशीको ५५ करोडको सेयर किनबेच भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu