ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्डयन प्राधिकरणविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   ४ : ३८   बजे

काठमाडौं २७ साउन । समाचारको विषयलाई लिएर नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यरत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

नेपाल पत्रकार महासंघले पत्रकार महतोलाई ह्वाट्सप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महतोले नेपाल पत्रकार महासंघमा दिएको निवेदनअनुसार २०८१ साउन २६ गते शनिबार बिहान १०ः४९ बजे र आइतबार बिहान ११ः०१ बजे १ ९६७८० ५२३–६५६९ नम्बरको ह्वाट्सपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफू र आफ्नो परिवारसमेतलाई ज्यानमार्ने धम्की दिएको जनाइएको छ।

उक्त अनलाइनमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमिततासम्बन्धी प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेपछि यस किसिमको धम्की आएको पत्रकार महतोको निवदेनमा उल्लेख छ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनोसो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकार र पत्रकारका परिवारसमेतलाई भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ।

महासंघले ‘प्रेस स्वतन्त्रताविरोधी यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण’ गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group