ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारागाउँको जग्गामा राज्य लुटिने अवस्था देखेको छु : पर्यटनमन्त्री पाण्डे


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   ५ : ०५   बजे

काठमाडौं २७ साउन ।   संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा राज्य ठगिन पुगेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले तारागाउँको जग्गा विवादमा राज्य नै ठगिन पुगेको धारणा राखे । समितिले आइतबार तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्सका बारेमा छलफल गर्न पर्यटन मन्त्री पाण्डेलाई बोलाएको थियो ।

‘यस ९तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवाद०को विस्तृत अध्ययन गर्नुपर्ने, निचोडमा पुग्नुपर्ने र गैरकानुनी ढंगले अरु कोही पोसिने र राज्य लुटिने अवस्थाबाट मुक्त गर्नुपर्ने मैले सरसर्ती हेर्दा त्यो अवस्था देख्छु’, उनले भने ।

यो विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर केही निर्देशन आएको उनले बताए । अख्तियारको निर्देशन र संसदीय समितिको निर्देशनसँग नमिल्दा समस्या भएको आफूले सुनेको मन्त्री पाण्डेले बताए ।

 

‘अख्तियारमा पनि उजुरी परेको र अख्तियारले पनि केही निर्देशनहरु मन्त्रालयलाई र तारा गाउँ विकास समितिलाई दिइसकेको अवस्था छ । अख्तियारले दिएको निर्देशनहरू र यो समितिबाट प्राप्त निर्देशनका बीचमा केही तादात्म्यता नभएको, केही कन्ट्रयाडिक्सन जस्तो देखिन्छ । यो दृष्टिकोणले मन्त्रालय र तारागाउँ विकास समितिले काम गर्ने सिलसिलामा आफ्नै ढिला सुस्ती र पहलकदमीको कमी देखिन्छ’, मन्त्री पाण्डेले भने ।

छलफलपछि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई तारागाउँ विकास समितिको के कति जग्गा कहाँ कहाँ छ, के कति होटल छन्, जग्गाको प्रयोगको अवस्था के छ, कति कर्मचारी छन्, कति नाफामा छ, समस्या के कस्ता रहेका छन्, समाधानको लागि के कस्ता प्रयास गरिएका छन् भन्नेबारे विस्तृत अध्ययन गर्न र यस सम्बन्धमा स्पष्ट कार्ययोजना बनाएर समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समिति सभापति राजकिशोर यादवका अनुसार मन्त्रालयले विस्तृत अध्ययन गरेर कार्ययोजना पेश गरेपछि समितिमा थप छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group