ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी, मानन्धर र थापाको आवेदन


एबीसी न्यूज
२९ श्रावण २०८१, मंगलबार   २ : ४५   बजे

काठमाडौं २९ साउन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको आवेदन परेको छ। फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका हुन्।

आज मंगलबार दिउँसोसम्म यी तीन जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापा जानकारी दिए।

उनका अनुसार आवेदन दिने मिति भोलि बुधबार सम्म छ।

‘अहिलेसम्म तीनजनाको आवेदन आएको छ। दिनेश डिसीसहित करिश्मा मानन्धर र राजेशकुमार थापाले आवेदन दिइसक्नुभएको छ। भोलि अन्तिम मिति भएकाले अरु पनि आवेदन आउन सक्छन् ,’उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो। जसअनुसार विगतझै अन्तिम दिनमा पनि आवेदन आउने सम्भावना रहेको उनको भनाइ छ।

थापाका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिन्छ।

त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ।

यी तिनैजना आवेदक सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्।

डिसी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।

एमाले नेतृ समेत रहेकी अभिनेत्री करिश्मा एमालेको साहित्य, कला तथा सांस्कृतिक विभागकी सदस्य हुन्।

त्यसैगरी, राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu