ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्व छाड्न जनार्दनले गरेको प्रस्तावले प्रचण्ड स्तब्ध, ‘बाहिरी शक्तिले खेलेको’ आशंका


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   १२ : ४१   बजे

काठमाडौं ३० साउन ।    नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १२ पृष्ठको प्रस्तावले सो पार्टीमा तरंग पैदा गरेको छ। आफ्ना प्रस्ताव सम्बोधन गराउन शर्मा डटेर लाग्ने तयारीमा छन्।

शर्माले आफ्ना आन्तरिक र व्यक्तिगत विषय बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट बनेका छन्।

तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने, नेतृत्व हस्तान्तरणको आधार बनाउनुपर्ने लगायतका माग राख्दै शर्माले साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेका थिए। उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन्।

उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध बनेको एक पदाधिकारीले  बताए।

‘जनार्दन शर्माले उठाएका विषयले अध्यक्षलाई सक्ड बनाएको छ,’ ती पदाधिकारीले भने, ‘शर्माजीले प्रमाण नपुगेको, पुष्टि नभएको कुरा शंकाको भरमा लिखित दस्तावेजमा राख्नुभएछ। अहिले जनतामा एजेन्डा लिएर जानुपर्थ्यो र बहस विशेष महाधिवेशनकै छेको पारेर गरेको भए भइहाल्थ्यो। पार्टीमा दर्ज गरेको डकुमेन्ट फेरि किन बाहिर लिएर गएकोरु पार्टीका लागि भन्दा मिडिया ट्रायल र बाहिर खपतको लागि हो भन्ने त देखिहालियो।’

शर्माले गर्न नहुने काम गरेको उनको दाबी छ।

‘नबोल्नुपर्ने बोल्नुभयो, माओवादीप्रति आम जनतामा सकारात्मक धारणा बनिरहेको बेला पार्टीभित्र हुँदै नभएको विवाद छ भन्ने सन्देश तल्लो पंक्तिलाई दिन खोज्नुभयो,’ प्रचण्डनिकट ती नेताले  भने, ‘माओवादीप्रतिको सहानुभूतिलाई सेबोटेज गरियो। यो ठिक भएन।’

शर्मालाई प्रयोग गरेर पार्टीमा बाहिरी शक्तिले खेल्न खोजेको उनीहरूको आशंका छ।

‘प्रचण्डको नेतृत्वलाई चुनौती दिने मान्छे पनि छ भनेर बाहिर देखाउन खोजिएको हो,’ ती नेताले दाबी गरे, ‘बाहिरी शक्ति माओवादी सिध्याउन चाहन्छ। साथीहरूको ९जनार्दन० उद्देश्य के हो भन्नेमा भर पर्छ। पार्टी बनाउने उद्देश्य भए त राम्रै होला, होइन अरु नै हो भने त रामराम भन्ने त हो। तर, हामी चाहन्छौँ, त्यस्तो नहोस्।’

यद्यपि, प्रचण्डले छलफल गरेरै समस्या समाधान गर्ने बताइरहेका छन्।

शर्माको बुझाइ स् प्रचण्डले पार्टीबाट निकाल्न खोज्दैछन्
उपमहासचिव शर्मानिकट नेताहरू भने अध्यक्ष प्रचण्डबाट लगाइने आरोपबारे आफूहरू जानकार रहेको भन्दै पार्टीभित्र एजेन्डा स्थापित गर्न लड्ने बताउँछन्।

‘उहाँको विरुद्ध प्रचार गराउने, उहाँ विदेशीको प्रभावमा परेको छ भन्ने र हल्ला गर्ने काम सुरु हुन्छ,’ शर्मानिकट एक नेताले सुनाए, ‘उनीहरू पार्टीबाट निकाल्ने वातावरण बनाउन खोजिरहेका छन्, शर्मालाई निकालेपछि अध्यक्षलाई टक्कर दिने मान्छे छैन हुँदैन नि त। उनीहरूको त्यो रणनीति असफल पार्ने हो।’

पार्टी निर्माण, चुस्त संगठन र महाधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने विषय शर्माको मुख्य एजेन्डा भएको उनी बताउँछन्।

‘कार्यकर्ताको प्रत्यक्ष गोप्य मतदानबाट चुनिएर नेतृत्व आउनुपर्‍यो भन्ने मुख्य एजेन्डा हो,’ शर्मानिकट एक नेताले  भने।

साउन २९ गते स्थायी समितिको बैठक सकिएलगत्तै शर्माले आफू निकटका नेतासँग छलफल गरिसकेका छन्। प्रचण्डबाट आफ्ना माग सम्बोधन हुने सम्भावना कमजोर देखेपछि उपमहासचिव शर्मा पार्टीभित्र खरो रूपमा प्रस्तुत हुन थालेको उनीनिकट नेताको दाबी छ।

‘अध्यक्ष प्रचण्डले पार्टी छोड्न बाध्य पार्नेसम्मका हर्कत गर्नसक्ने भएकोले दह्रोसँग उभिन शर्मा तयार भएर बसेको ती नेता दाबी गर्छन्।

‘निरन्तर पार्टीभित्र लडिरहने, युवाहरूलाई प्रशिक्षित गरिरहने र पार्टीलाई रूपान्तरण गर्ने एजेन्डा स्थापित गर्न लागिरहने भन्ने छ,’ उनले थपे, ‘आफ्नो एजेन्डाको पक्षमा लबिइङ र प्रचार गर्दै जाने हो।’

पार्टीको पदाधिकारी, स्थायी समितिका धेरैजसो नेताहरू प्रचण्डको अगाडि बोल्न नसकेको शर्माको विश्लेषण छ।

‘पार्टी बनाउने एजेन्डाको पक्षमा पार्टीमा आफ्नो पक्षमा जनमत बढाउँदै जाने हो,’ ती नेताले थपे, विधान महाधिवेशमा शर्माकै पक्षमा माहौल बन्यो। अनि प्रचण्ड आत्तिए। अध्यक्षले इगो साँध्नुभएको छ। जिम्मेवारीविहीन बनाइयो। पार्टी विस्तारको आधार बनाउने नेतालाई भूमिकाविहीन बनाएपछि नराम्रो लागिहाल्छ नि१’

तर, प्रचण्ड उपमहासचिव शर्माविरुद्ध तत्काल केही निर्णय गरिहाल्ने योजनामा नरहेको उनीनिकट नेताहरू बताउँछन्।

साउन ३१ गते बिहीबार प्रचण्डले पदाधिकारी र स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन्। त्यसमै धेरैको माग सम्बोधन हुने उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।

माओवादीको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा ४२ जनाले धारणा राखेका छन्। जसमा धेरैजसोले अध्यक्ष प्रचण्डको कार्यशैलीको विरोध गरेका छन्।

उनीहरूले पार्टीलाई रूपान्तरण गर्नुपर्ने, जनतामा जानुपर्ने कुरा उठाएका छन्। यद्यपि, कतिपयले आन्तरिक एकतामा जोड दिएका छन्।

शर्माले लिखित प्रस्ताव राखेपछि बोलेका केही नेताहरूले पनि लिखित नै सुझाव पेस गरेका छन्।

शर्माले प्रचण्डका व्यक्तिगत कुरा समेत सार्वजनिक गर्दै पार्टी कमजोर र समस्याग्रस्त हुनुमा उनैलाई जिम्मेवार ठहर्‍याएका छन्।

त्यसमाथि शर्माले पहिलोपटक पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुनुपर्ने माग राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group