ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामदेव र बालकृष्णलाई सर्वोच्च अदालतबाट राहत, पतञ्जलि प्रकरणमा अवहेलना मुद्दा बन्द


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   १ : २१   बजे

काठमाडौं ३० साउन । भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ।

पतञ्जलि आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो।

अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने लिखित प्रतिबद्धता बुझाउन भनेको थियो।

यस मामिलामा सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गरेको हो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दिन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो।

आदेशमा भनिएको छ( हामी उनीहरूलाई आगामी दिनमा पहिले गरेजस्तो अदालतको आदेशको उल्लङ्घन गर्ने कुनै पनि काम नहोस् भनेर कडा चेतावनी दिन्छौँ।

पतञ्जलि आयुर्वेदले उत्पादन गर्ने औषधि बाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो। साथै उसले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरिएको थियो।

आईएमए ९इन्डियन मेडिकल एसोसिएसन० ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो। त्यसपछि अवहेलना मुद्दा अघि बढेको थियो।

यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनका लागि बिनासर्त लिखित माफी मागेका थिए। बीबीसी हिन्दी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu