ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बिमा सबैलाई ५ लाख दिने भनेका होइनौँ : स्वास्थ्यमन्त्री पौडेल


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ४ : १४   बजे

काठमाडौं ३० साउन ।   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन्।

स्वास्थ्यमन्त्री पौडेलले बुधवार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभराम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले स्वास्थ्य बिमामा राज्यका विभिन्न निकायहरूले दिएका स्वास्थ्य बिमा सम्बन्धी सुविधाहरूलाई स्वास्थ्य बिमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताए।

उनले सरकारले स्वास्थ्य बिमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरुलाई सहज,सरल र प्रभावकारी बनाउन सकिने बताए। उनले सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बिमाको व्यवस्था गर्न खोजेको स्पष्ट पारे।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाका लागि गरेको प्रस्तावमा व्यापक टिकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बिमा ५ लाख दिने नभनेको स्पष्ट पारे।

उनले भने,‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाका लागि गरेको प्रश्तावमा व्यापक टिकाटिप्पणी भइरहेको छ। सकारात्मक र नकारात्मक पनि भएको छ। एक लाख दिन नसक्नेले ५ लाख दिन्छु भन्यो भन्दै टिप्पणीहरू आइरहेको अवस्था छ। स्वास्थ्य मन्त्रालयले सबैलाई ५ लाख दिने भनेको होइन।’

स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरूको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरूलाई कम्तिमा ५ लाख दिने प्रस्ताव गरिएको बताए। उनले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने दाबी गरे।

उनले राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बिमालाई दिनुपर्नेमा जोड दिए। उनले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च,सञ्चय कोषबाट दिने बिमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बिमा लगायत सबैलाई स्वास्थ्य बिमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बिमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताए।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरूको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने बताए। विपन्न,आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बिमासँग जोड्नुपर्ने उनको भनाई थियो।

राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बिमालाई दिनुपर्नेमा जोड दिए। उनले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च,सञ्चय कोषबाट दिने बिमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बिमा लगायत सबैलाई स्वास्थ्य बिमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बिमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu