ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको स्वाभाविक चासोको ख्याल गरिनुपर्छ: लामिछाने


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ४ : १९   बजे

काठमाडौं ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको स्वभाविक साचो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

‘संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि द्वन्द्व र मानवअधिकारसँग जोडिएका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय हो,’ उनले भने, ‘हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रियरुपमा प्रश्न नउठ्ने परिस्थिति गराउन र उनीहरूको स्वभाविक चिन्ता र चासोको पनि ख्याल गरिनुपर्छ।’

लामिछानेले न्याय निरुपण गर्दा अविलम्ब गर्ने प्रक्रिया पारदर्शी र पीडितमैत्री भएन भने अन्तर्राष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने समेत बताए। बिगतमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारबाटै प्रयाप्त सहयोग प्राप्त गर्न नसकिएको गुनासो गरेको भन्दै अझैं पनि शंका उब्जिने तर्क गरे।

‘अबको आयोगले पनि त्यही नियति भोग्ने पो हो कि ?’ लामिछानेले भने, ‘बिगतले शंकाको आधार प्रशस्त दिएको छ। त्यसतर्फ अलिहे नै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो पार्टीको पनि सकरात्मक सहयोग हुने तर छड्के किनाराको साँची चाहिँ नबन्ने बताए।

‘संक्रमणकालीन न्यायमा हाम्रो सधै सकरात्मक सहयोग हुनेछ,’ लामिछानेले भने, ‘सहयोग गर्छौं भन्नुको अर्थ फट्के किनाराको साँची बस्छौं चाहिँ भनेको होइन। यो सम्मानित सदनको चौथो शक्ति हुनुको दायित्व र कर्तव्य हामीलाई थाहा छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group