ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत माग्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- चाँडै बजेट आउँछ


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ४ : २६   बजे

काठमाडौं ३० साउन । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको बजेट चाँडै आउने बताएका छन्।

विश्वासको मतको प्रस्ताव प्रदेश सभा बैठकमा राख्दै मुख्यमन्त्री शाहले संवैधानिक व्यवस्थाअनुसार चाँडै आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याउन बताएका हुन्।

सुदूरपश्चिम प्रदेश समसायिक राजश्व संकलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभा बैठकबाट पारित भएर आयको बाटो खुलेको मुख्यमन्त्री शाहले बताए।

पुँजीगत खर्च र चालु गत खर्च सुचारु गर्न चाँडै बजेटको अभिन्न अंग आर्थिक ऐन र विनियोजन ऐनमार्फत टुंगाएर प्रदेश सरकारलाई चलायमान बनाउने उनले बताए।

‘बजेट भनेको आय र व्ययको अनुमान हो। आयको सम्बन्धमा अध्यादेश पारित भइसकेको छ,’ उनले भने, ‘बजेट शून्यताको अवस्था जुनसुकै कारणले भएको भएपनि यसलाई जतिसक्दो अन्त्य गरेर बजेट ल्याउनु पर्ने हामी सबैको दायित्व र कर्तव्य छ। संविधानमा भएको व्यवस्था भएअनुसार चाँडै बजेट ल्याउँछौँ।’

विकासको प्रमुख र महत्वपूर्ण आधार राजनीतिक स्थिरता भएको बताउँदै मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारलाई दलीय सोचबाट माथि उठेर सहयोग र समर्थनका लागि आग्रह गरे।

विश्वासको मत दिएर उनले सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्व, सर्वाङ्गिण विकास र समुन्नितको लागि सहकार्य गर्न आह्वान गरे।

मुख्यमन्त्री शाहले ‘भ्रष्टाचार गर्दिन, गर्न दिन दिन्नँ’ भन्दै भ्रष्टाचार गरेको पाए कारबाही गर्ने प्रतिवद्धता जनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group