ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३००० विन्दुमा सेयरबजार, झण्डै ३० अर्बको ऐतिहासिक कारोबार


एबीसी न्यूज
३१ श्रावण २०८१, बिहिबार   ४ : २२   बजे

काठमाडौं ३१ साउन । सेयरबजार ३००० विन्दुमा पुगेको छ। ४३।०५ अंकले नेप्से बढेर ३०००।८१ विन्दुमा रोकिएको हो।

योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३ मा ३२२६ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो। त्यसयता सूचक उकालो चढ्न सकेको छैन।

तर यसपटक कारोबारमा उत्साह फर्किँदा सूचकले पनि नयाँ ऐतिहासिक विन्दु छुनसक्ने देखिएको छ। कारोबार रकमले भने पटक पटक कीर्तिमान बनाइरहेको छ।

आज पनि २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ रुपैयाँको सेयर कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार हो।

बिहीबार १०५ कम्पनीको सेयर बढेको छ भने १३७ कम्पनीको घटेको छ। एउटा कम्पनीको मात्रै अघिल्लो मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताको अन्तिम कारोबार दिन आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै कम्पनीका लगानीकर्ताले क्रमशः ४४।२०, १६९० र ३१ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

आजको कारोबारमा नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ। लगानीकर्ताले २३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्। अन्य कम्पनीहरुको अधिकतम ७।२२ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

त्यसैगरी आज सर्वाधिक कारोबार हिमालय रि इन्स्योरेन्सको भएको छ। कम्पनीको ९१ करोड ३३ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यसबाहेक सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड रुपैयाँको कारोबार भएको छ।

उपसूचकतर्फ आज फाइनान्स, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्यतर्फका सूचक राताम्य हुँदा निर्जीवन बीमा, वाणिज्य र विकास बैंक, होटल, जलविद्युत हरियो छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group