ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार र आन्तरिक राजस्व विभागमा नयाँ नेतृत्व आउँदै


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   १ : ३३   बजे

काठमाडौैं ३२ साउन । भन्सार र आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक आउने भएका छन्।  बिहीबार मन्त्रिपरिषद्ले सहसचिवको सरुवा गरेसँगै विभागमा नयाँ नेतृत्व आउने भएको हो।

पछिल्लो हेरफेरमा माओवादीनिकट मानिने कर्मचारीलाई सरुवा गरेर एमालेनिकट सहसचिवलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला माओवादी निकट मानिन्छन्।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार २ महानिर्देशकबाहेक महालेखा नियन्त्रकको कार्यालयका नारायण प्रसाद सापकोटा, रितेश कुमार शाक्य, टंकप्रसाद पाण्डे, टेकराज पाण्डे र अर्थ मन्त्रालयका अतिरिक्त समूहमा रहेका नरेन्द्र कुमार रानाको सरुवा भएको छ।

अर्थ मन्त्रालयमा आउने सहसचिवमा हरिशरण पुडासैनी, महेश भट्टराई, दीपक लामिछाने, गोपीकृष्ण कोइराला, यमुना प्रधान, श्याम प्रसाद भण्डारी, मदन दाहाल, कविता रेग्मी छन्।

मन्त्रालयमा भएका सहसचिव र नयाँ आएका सहसचिवको जिम्मेवारी शुक्रबार नै अर्थमन्त्री विष्णु पौडेलले हेरफेर गर्नेछन्।

हाल अर्थ मन्त्रालयमाको राजस्व व्यवस्थापन महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा खाली छ। अर्थ मन्त्रालयको प्रशासन महाशाखामा रामप्रसाद आचार्य छन्।

कानुन तथा फैसला कार्यान्वयन महाशाखामा बलसागर गिरी, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा नारायणप्रसाद रिसाल, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा उत्तर कुमार खत्री, आर्थिक नीति विश्लेषण महाशाखामा महेश आचार्य, बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा धनीराम शर्मा छन्।

मन्त्री पौडेलका रोजाइका २ सहसचिवलाई यसअघि नै नयाँ जिम्मेवारी
अघिल्लो हप्ता सचिवको सरुवा हुँदा अर्थसचिवमा राम प्रसाद घिमिरे र राजस्व सचिवमा दिनेशकुमार घिमिरेको जिम्मेवारी पाएका छन्।

मन्त्रालयभित्रैका २ सहसचिवलाई मन्त्री पौडेलले आफूअनुकूलका २ सहसचिवलाई वैदेशिक महाशाखा र बजेट महाशाखाको जिम्मेवारी दिएका छन्।

लामो समय वैदेशिक माहाशाखामा रहेका श्रीकृष्ण नेपाललाई बजेट महाशाखा र राजस्व महाशाखामा रहेका धनीराम शर्मालाई वैदेशिक महाशाखाको जिम्मेवारी दिइएको छ।

अर्थमन्त्री पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै बजेट महाशाखामा रहेका सहसचिव नरेन्द्र रानालाई अतिरिक्तमा राखेर श्रीकृष्ण नेपाललाई बजेट महाशाखाको जिम्मेवारी दिएका थिए।

धेरै पटक बजेट लेखनको नेतृत्व गरेका धनीराम शर्मा पछिल्लो समय राजस्व महाशाखा प्रमुख थिए।

‘अर्थ मन्त्रालयभित्र वैदेशिक र बजेट महाशाखा सबैभन्दा शक्तिशाली मानिन्छन्’, अर्थका एक अधिकारी भन्छन्, ‘विदेशी ऋण, अनुदानको विषयमा वैदेशिक महाशाखा र बजेट परिचालन, रकमान्तरलगायत बजेट महाशाखा निर्णायक हुन्छन्।’

श्रीकृष्ण नेपाल दातृनिकायको रोजाइमा पर्दा अर्थ मन्त्रालयको वैदेशिक महाशाखामा लामो समय काम गरे।

श्रीकृष्ण नेपाल २०७४ ९युवराज खतिवडा अर्थमन्त्री बनेपछि० देखि २०७८ वैशाखसम्म अन्तर्राष्ट्रिय महाशाखामै रहेर काम गरे।

सरकार परिवर्तन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पु¥याइएका थिए। २०७९ मा फेरि विष्णु पौडेल अर्थमन्त्री भए पनि श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए। त्यसपछि प्रकाशशरण महत र वर्षमान पुनले उनको जिम्मेवारी हेरफेर गरेनन्।

अर्का सहसचिव धनीराम शर्मा विष्णु पौडेलको रोजाइमा परेका छन्। अर्थ मन्त्रालयमा राजस्व व्यवस्थापन र बजेट महाशाखामा सबैभन्दा बढी काम गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group