ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दिवासको नेवारडाँडा-कामीडाँडा वन समूहले अख्तियारलाई थप जग्गा नदिने


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   १ : ४८   बजे

काठमाडौैं ३२ साउन । महोत्तरीको बर्दिवासमा रहेको नेवारडाँडा कामीडाँडा सामुदायिक वनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयलाई थप जग्गा दिन नसकिने जनाएको छ।

सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन काफ्लेले बर्दिवास १ र ३ को सीमा क्षेत्रमा रहेको वनक्षेत्र अख्तियार कार्यालयलाई दिन भनेर बर्दिवास नगरपालिकाले सिफारिस गरेकोमा आपत्ति प्रकट गरेका छन्।

‘विभिन्न बहानामा हुने वन अतिक्रमण जोगाउन जुनसुकै कदम चाल्ने छौँ,’ अध्यक्ष काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि बर्दिवास क्षेत्रमा क्रियाशील राजनीतिक दलहरुले पनि गौरीडाँडा खुला मञ्चको जग्गा अख्तियारलाई प्रयोग गर्न नदिने निर्णय गरेका थिए।

बर्दिवास(३ स्थित गौरिडाँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको गौरीडाँडा खुला मञ्चको ६ कठ्ठा सार्वजनिक जग्गा अख्तियारलाई प्रयोग गर्न दिने तयारी नगरको नेतृत्वले गरेको दाबी उनीहरुको छ।

गएको असार १२ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जग्गा सिफारिस समितिको बैठकले उक्त जग्गा अख्तियारलाई लिजमा दिने निर्णय गरेको थियो।

बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीसमेत उपस्थितिमा भएको उक्त बैठकले सार्वजनिक जग्गा अख्तियारलाई दिने भनेर गरेको निर्णयप्रति बर्दिवासका राजनीतिक दलले पनि आपत्ति जनाउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu