ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीद्वारा १६ वटा हिमाल आरोहण गर्ने नामगेललाई स्वागत


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   २ : ०४   बजे

काठमाडौैं ३२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गर्नुभएको छ । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नुभएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गर्नुभएको थियो ।

मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गर्नुभएको थियो । उहाँले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रवन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध गर्नुभयो ।

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्नेमा विश्वस्त पार्नु भएको छ ।

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिनुहुन्छ । उहाँले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गर्नुभएको थियो ।

शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका हुनुभएको थियो । कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्तिको रूपमा हुनुहुन्छ । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu