काठमाडौैं ३२ साउन । सरकारले आगामी असोज दोस्रो साता अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा हुने उज्वेकिस्तानको भ्रमणलाई स्वीकृति दिएको छ।
उज्वेकिस्तानको समरखण्डमा असोज ९ देखि १० सम्म आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीसहितको भ्रमण हुनलागेको हो।
यही साउन ३१ मा बसेको मन्त्रिपरिषद बैठकले उक्त भ्रमणलाई स्वीकृति दिएको हो।
प्रतिक्रिया दिनुहोस्