ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, मोदीसँग भेट्ने तारतम्य मिलाइँदै


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   ४ : ००   बजे

काठमाडौैं ३२ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आगामी आइतबार ९भदौ २० बिहान साढे ११ बजे परराष्ट्रमन्त्री राणा भारत जाने कार्यक्रम तय भएको हो।

उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले मंगलबार समकक्षी एस। जयशंकरसँग भेटवार्ता गर्नेछिन्। उनको यो भेट नयाँदिल्लीमा हुनेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि परराष्ट्रमन्त्री राणाको भेटघाट गराउने तयारी भएको छ। यद्यपि, अहिलेसम्म मोदीसँगको भेटबारे कुनै औपचारिक कार्यक्रम भने तय भइसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै मोदीलाई नेपाल ल्याउनेगरी तयारी भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भ्रिगु ढुंगाना, उपसचिव सिर्जना अधिकारी लगायत भारत जानेछन्।
मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरिसकेको छ।

आइतबार भारत प्रस्थान गरेर परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनेछिन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu