ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कूटनीतिमा ज्यादै चुकेका छौँ, भारतसँग सम्बन्ध सुधार्ने राम्रो अवसर : पूर्वराजदूत उपाध्याय


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   १२ : ४७   बजे

काठमाडौं २ भदौ ।  भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन्।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदूत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए।

‘उहाँलाई अवसर छ। चुनौतीको पहाड नै छ। किनभने हामी कूटनीतिमा ज्यादै चुकेका छौँ। अब नचुकौँ,’ पूर्व राजदूत उपाध्यायले भने।

पूर्वराजदूत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने जिकिर गरे।

नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट गराउने नयाँ दिल्लीको वचन

समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने उनले बताए।

कूटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिँदै उपाध्यायले विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको पनि बताए।

‘समस्या के छन् भन्ने कुराको चुरो बुझ्नुपर्यो। समाधानका लागि इमानदारीका साथ प्रयास गर्ने, उहाँका बारेमा सामाजिक सञ्जालमा हुने टिप्पणीलाई ध्यानमा राखेर अघि बढ्नुहुन्छ भन्ने सुझाव छ,’ उनले भने।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई उनको सुझाव छ।

नेपालले सम्बन्ध विस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu