काठमाडौं २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको छ। आइतबार सिंहदरबारस्थित सचिवालयम आचार्यसँग बयान लिइएको हो।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उनीसँग सोधपुछ गरेको हो।
उनले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरको रुपमा काम गरेका थिए।
समितिसँग उनले सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन्।
समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ।
शनिबार कलाकार समेत रहेका मधुसूदन पाठकसहित अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो।
सभापति थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ भने अब समिति प्रतिवेदनमा केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस्