ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको खान मार्केटमा परराष्ट्रमन्त्रीको पुस्तक किनमेल


एबीसी न्यूज
३ भदौ २०८१, सोमबार   १ : ४७   बजे

काठमाडौं ३ भदौं । भारतको पाँच दिने औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले औपचारिक भेटघाटका अलवा आफूलाई रुचि लागेका काममा पनि ‘इन्गेज’ राखेकी छिन्।

आइतबार मध्यान्हतिर दिल्ली पुगेकी राणा केहीबेर साकेटस्थित सेराटन होटलमा गएर आराम गरेकी थिइन्। त्यसपछि भने उनी किनमेलका लागि दिल्लीको चर्चित खान मार्केटमा पुगिन्।

भारतीय समय अनुसार उनी बेलुका ६ बजेतिर नेपाली दूतावासका कर्मचारसहित खान मार्केट पुगेकी थिइन्। परराष्ट्रमन्त्री राणाकै आग्रहमा दूतावासका कर्मचारीले उनलाई खान मार्केट लगेका थिए।

उनले खान मार्केटको चर्चित ‘बाहरी सन्स’ पुस्तक पसलबाट केही पुस्तकसमेत किनेकी थिइन्। उनले फरिद जकारियाको ‘एज अफ रिभोलुसन’ लगायत आधा दर्जन बढी पुस्तक किनेकी थिइन्।

त्यहाँको किनमेलपछि उनी बाह्रखम्बारोडस्थित नेपाली दूतावास गइन्। दूतावासमा त्यहाँका कर्मचारी र केही नेपाली समुदायका प्रतिनिधिसँग छलफलसमेत गरिन्।

परराष्ट्रमन्त्री राणा त्यसपछि दूतावासले नै आयोजना गरेको रात्रीभोजमा सहभागी भएकी थिइन्। परिवारका सदस्यहरूको ठूलै टोली दिल्लीमै रहे पनि रात्रीभोजमा भने उनी सरकारी टोली मात्र लिएर सहभागी भएकी थिइन्।

राती ९ बजेसम्म भोजमा सहभागी भएपछि उनी सेराटन होटलमै फर्किएकी थिइन्।

परराष्ट्रमन्त्री राणाले आज ९सोमबार० भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu