ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामेको बाढीपछि दूधकोसीले धार बदल्दा टोकटोक गाउँका ३ घरमा क्षति, ४ वटा जोखिममा


एबीसी न्यूज
३ भदौ २०८१, सोमबार   ४ : ०८   बजे

काठमाडौं ३ भदौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत शुक्रबार साउन ३२ माथिल्लो भेगको हिमपोखरी फुटेपछि आएको लेदोसहितको बाढीपछि दूधकोसी नदीले आफू बग्ने धार फेर्न थालेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार, सोही बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ स्थित टोकटोक गाउँ जोखिममा परेको छ।

‘भर्खरै त्यही क्षेत्रमा पुगेर आएका छौँ, ३ वटा घरमा नदीको कटान बढ्दै गएर लगभग पूर्ण क्षतिको अवस्थामा पुगेको छ,’ भुसालले सोमबार दिउँसो  भने।

उनका अनुसार, अन्य ४ वटा घरमा पनि नदी कटान पुगेर क्षति गर्नसक्ने जोखिम बढेको छ। वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जोखिमयुक्त घरका व्यक्ति, पशुचौपाय र सामानहरू सुरक्षित ठाउँमा सारिएको जानकारी दिए।

‘यो क्षेत्रमा बलौटे बालवासहितको लेदो माटो धेरै छ, माथिबाट पनि बालुवा नै बगाएर आएको छ,’ वडाध्यक्ष शेर्पाले भने, ‘विस्तारै विस्तारै नदीले धार परिवर्तन गरेर बस्तीतिर गइरहेको छ।’

नदीको सतह केही कम भएको भएपनि बस्ती छेउमा कटान गर्दै गइरहेको पनि उनले बताए।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। बाढीको कारण गईरहेको पहिरोले गर्दा टोक टोक, बेङकार, फाक्दिङ, युल्ङिङ, ल्होवा, छेर्मादिङ लगायतका बस्तिहरू उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।

हिमपोखरी फुटेपछि आएको बाढीका कारण वडा नम्बर–५, थामेका २० घर, तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो।

बाढीमा परेर कुनै मानवीय क्षति भने भएन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu