ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण, ११४ जना स्क्रबटाइफस


एबीसी न्यूज
४ भदौ २०८१, मंगलबार   १ : १७   बजे

काठमाडौं ४ भदौ । गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिनुभयो ।

उहाँका अनुसार असार १ देखि साउन अन्तिमसम्म जिल्लाको गोरखा नगरपालिाकामा १६९ जना, पालुङटार नगरपालिकामा १२३ जना, आरुघाट गाउँपालिकामा १६४ जना, मिमसेन थापा गाउँपालिकामा ४२ जना, शहिदलखन गाउँपालिकामा १३ जना, अजिरकोट गाउँपालिकामा नौ जना, बारपाक सुलिकोट चार जना र गण्डकी गाउँपालिकामा पाँच जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

यसैगरी, दुई महिनामा मात्र गोरखामा ११४ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामाम ५९ जना, गोरखा नगरपालिकामा ३४ जना, पालुङटार नगरपालिकामा १८ जना र भिमसेन थापा गाउँपालिकामा तीन जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताउनुभयो ।

डेंगु विशेष गरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा देखिन अत्याधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांशपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगु रोग लाग्नु नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले अपिल समेत गरेको छ ।

आरुघाट गाउँपालिकामा लार्भा खोज र नष्ट गर अभियान
आरुघाट गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएको छ । आरुघाट गाउँपालिकामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएपछि शनिबारबाट अभियान सुरु गरी मङ्गलबार आरुघाट बजार क्षेत्रमा सरसफाई गरिएको स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भरिका प्रत्योक वडामा स्वास्थ्यकर्मी, युबा क्लब, आमा समूह, महिला स्वयमसेबिका समेतको उपस्थितिमा मोटरसाइकलको ग्यारेजमा राखिएका टायर र खुला भाडामा रहेका पानी फयाकेर सरसफाईमा ध्यान दिँदै सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group