ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित


एबीसी न्यूज
४ भदौ २०८१, मंगलबार   ४ : २१   बजे

काठमाडौं ४ भदौ । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ।

उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ। तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो।

‘कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषा अन्तर्गत यो आयोजनाले बाढीबाट हुने क्षतिबाट हामी सुरक्षित भएका छौँ’, सिरहाका किसान रामलखन महतोले भन्नुभयो, ‘यसको निर्माण नभएको भए अहिलेसम्म कमला क्षेत्रका बासिन्दाको उठिबास भइसकेको हुन्थ्यो, अहिले खेती पनि राम्रो भइरहेको छ।’

आयोजना कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ ९नहरमार्फत० सुविधा पुगेको छ। त्यसबाट ४० हजार घरपरिवार लाभान्वित भएका छन्।

सो कार्यालयले आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ। धनुषाको छ नगरपालिका र दुई गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ।

सो आयोजनामार्फत सिरहाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविध पुगेको छ। पाँच नगरपालिका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखिपुर नगरपालिका र दुई गाउँपालिका विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाई १४ दशमलव ३ किलोमिटर रहेको छ। त्यसका चारवटा शाखा नहर छन्। कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्वाइ ३१ दशमलव ६ किमी रहेको छ। जसअन्तर्गत आठवटा शाखा छन्।

सो कार्यालयले गत आर्थिक वर्ष २०८०र८१ मा कमला सिँचाइ प्रणालीमा मर्मत सम्भार आयोजना तथा बृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी दुई कार्यक्रम सञ्चालन गरेको छ।

यसै कार्यक्रम अन्तर्गत कमला सिँचाइ प्रणलीको ‘हेडवक्र्स’, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत सम्भार तथा संरचना निर्माण गरेको जनाइएको छ। सोही आवमा आयोजना कार्यालयबाट कमला नदीको बाँध, ‘हेडवर्क्स’को मर्मतसम्भार पूर्वी तथा पश्चिमी नहरको ‘अन्डरस्लुस’ तथा ‘वेयर’को चारमध्ये दुईवटा ‘वेयरपोर्सन’को मर्मतसम्भार गरेको छ।

त्यसैगरी कमला ‘हेडवर्क्स’को पूर्वी तथा पश्चिमी बाँधलाई बाढीबाट भएको कटानको पश्चिमी तर्फ ‘स्लोप रिभेटमेन्ट’ एक सय ३३ मिटर तथा ‘टोईवाल’ एक सय ३९ मिटर र पूर्वीतर्फ ‘लन्चिङ’ तथा ‘ग्याविन वाल’ एक सय ७५ मिटर, ‘टोईवाल’ ५४ मिटर तथा ‘स्पर’ एउटा र ‘स्टड’ आठ निर्माण गरी मर्मतसम्भार गरिएको प्रमुख यादवले जानकारी दिए।

कमला सिँचाइको पूर्वी तथा पश्चिमी नहर प्रणाली अन्तर्गत एक हजार १० मिटर नहर ‘लाइनिङ’, तीन दशमवलव १५ किमी ‘सभिर्सरोड’ मर्मत, तीनवटा ‘भीआरबी’, तीनवटा ‘बोक्स कल्भर्ट’, चारवटा ‘रोड क्रसिङ’, तीनवटा ‘डिभिजन बोक्स’, आठवटा ‘ड्रोपस्ट्रक्चर’, एक सय ८९ मिटर ‘रिटेनिङ वाल’, एक सय ९० मी संरचना बचावट ९खाली बोरामा माटो०भर्ने काम, एक सय ८० मिटर, नहर संरक्षण, एक गेट जडान सहित मर्मत गरेको छ।

नेपालका ठूला मध्ये कमला सिँचाइ आयोजना पनि एक हो। विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिहंले शिलान्यास गरेको सो आयोजनाले विसं २०४० बाट सिँचाइ सुविधा पुर्‍याउन थालेको थियो।

सिँचाई सुविधा पुगेको दुई जिल्लाको औसत उत्पादकत्व तीन दशमलव २१ मेट्रिकटन प्रति हेक्टर धानबाली रहेकामा गत आर्थिक वर्षमा सिँचाइ आयोजनाको थप व्यवस्थापन पछि चार दशमलव १३ मेट्रिकटन धानबाली उत्पादन वृद्धि भएको आयोजना कार्यालयले जनाएको छ।

सिँचाइबाट अहिले वर्षमा दुईरतीन बालीसम्म कृषि उपज उत्पादन भइरहेको छ। सो कार्यालयले आव २०८०र८१ मा जल उपभोक्ता समितिका पदाधिकारी तथा समिति समेत चयन गरेकोे छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group