ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   १ : २३   बजे

काठमाडौं ५ भदौ । दाङको तुलसीपुरमा आज ९बुधबार० बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका(१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो।

उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए।

‘इनारभित्र उनीहरू बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे’, डीएसपी तिमल्सिनाले नेपालखबरसँग भने।

इनारभित्र पसेका उनीहरू निस्कन नसकेको सूचना पाउनासाथ प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको नेतृत्वमा तीन जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। तर उद्धार गरी अस्पताल पुर्‍याउनासाथ बिहान ११ बजेतिर डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

‘प्रायः इनारभित्र अक्सिजन नपुगेर त्यस्तो दुर्घटना हुने गर्छ’, डीएसपी तिमल्सिनाले भने, ‘तर खास कुरो के हो, हामी अनुसन्धान गर्दै छौँ।’

‘इनारभित्र उनीहरू आफैँ पसेका थिए वा कसैले खसालिदियो’, उनले थपे, ‘यो कुरा हामी बुझिरहेका छौँ, तर जहाँसम्म लाग्छ– उनीहरू कामदार थिए।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group