ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीको रकम अपचलनबारे रविले पार्टीमा भने– ७ गते बयानमा जान्छु, फर्किएर सबै भन्छु


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   ३ : २८   बजे

काठमाडौं ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको बारे पार्टी बैठकमा जानकारी गराएका छन्।

बुधबार बिहान बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूुलाई बयानका लागि बोलाइएकोबारे जानकारी गराएका हुन्।

साथै, उनले उक्त बयान दिन आफू तयार रहेको पनि बताएका छन्।

‘मलाई ७ गते बयानका लागि बोलाइएको छ। म जान्छु। प्रश्न के सोध्छन् भन्ने अहिले नै केही थाहा छैन,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मसँग अहिले नै यसबारे भन्ने केही कुरा पनि छैन। त्यहाँबाट फर्किएपछि पार्टीलाई जानकारी गराउँछु।’

सहकारीको रकम अपचलन स् रविसँग ७ गते बयान, विपिनले भने( खातामा पैसा आएको थाहा छैन

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ।

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ।

समितिका एक सदस्यका अनुसार, आगामी भदौ ७ गते लामिछानेसहित गोरखा मिडियामै आवद्ध अर्का एकजनाको बयान लिइनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group