ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ताप्लेजुङका शहीदहरु’ पुस्तक सार्वजनिक


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   ५ : ३८   बजे

काठमाडौं, ५ भदौ । महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले बुधवार ‘ताप्लेजुङका शहीदहरु’ नामक पुस्तकहरु सार्वजनिक गरेको छ। १० बर्षे सशस्त्र युद्धका क्रममा मारिएका तथा वेपत्ता भएका र बिभिन्न राजनीतिक द्धन्दका कारण ज्यान गुमाएका सदस्यहरुको पारिवारिक तथा राजनीतिक विवरण र ज्यान गुमाएको स्थान र अवस्था चित्रित गरी पुस्तक प्रकाशन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष बिष्णु कुमार हाङवाङ (विरु) ले जानकारी दिए।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रतिष्ठानले उक्त पुस्तक प्रकाशन गरेको हो। पुस्तक तीनसयप्रति प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ। हाङवाङले १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका तथा वेपत्ता भएका सदस्यको विवरण प्रकाशनमा ल्याईसकेको वातावरण तथा संरक्षण तथा विकास मञ्चद्धारा प्रकाशित पुस्तकलाई यो पुस्तक प्रकाशनको सन्दर्भ सामग्रीको रुपमा उपयोग गरिएको समेत जनाए।

पुस्तकमा ‘शहीद’ भनेर १ सय ३७ जना ताप्लेजुङका नागरिक तथा पश्चिम नेपालबाट आई ताप्लेजुङमा बलिदान गर्ने भनेर जगत थापा सहित १ सय ३८ जनाको नामावली उल्लेख छ।

यस्तै ‘१० बर्षे द्धन्दका कारण बिद्रोहीद्धारा ज्यान गुमाउने शहीद तथा नागरिकहरु’ भनेर टकहादुर सुब्बा,नारद निरौला,रामकुमार साँवा,मचिन्द्र महतारा,श्रीप्रसाद गौतम,टेकहादुर अन्छङ्वो,मोहन चुडाँल,निधीनारायण भट्टराई सहित ३२ जनाको नाम उल्लेख छ । १० बर्षे द्धन्दका कारण वेपत्ता भएका नागरिक तथा योद्धा भनेर फुङलिङका काशीनाथ गौतम र सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरु खिमका मनकुमारी राई (दिब्या) को नाम उल्लेख छ।

पुस्तकमा विभिन्न राजनीतिक द्धन्दका कारण ज्यान गुमाएकाहरु भनेर हरि नेपाल,इन्द्र थेबे,रुकमान थेबे र लक्ष्मीप्रसाद पाण्डेको नाम उल्लेख गरिएको छ। पुस्तकमा आफ्नो विचार व्यक्त गर्दै नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढा क्षेत्री (पराग) ले आजसम्म ताप्लेजुङमा शहीद घोषणा भएको संख्या १ सय ५० रहेको र बाँकी अझै घोषणाको क्रममा रहेको उल्लेख गरेका छन्। उनले वेपत्ताहको टुङ्गो लाग्न अझै बाँकी रहेको समेत पुस्तकमा लेखेका छन्।

आवरण र शुभकामना मन्तव्य बाहेक पुस्तक ८३ पृष्ठको रहेको छ। विभिन्न राजनीतिक दलका अगुवाहरुको उपस्थितिमा बुढाक्षेत्रीले पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,जिल्ला समन्वय समिति प्रमुख तथा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पा, माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम कार्की सहितका अगुवाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group