ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीका दुई डीआईजीसहित १६ जना अर्को साताबाट अवकाशमा


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   १२ : ०७   बजे

काठमाडौं ६ भदौं ।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक डीआईजी देखि डीएसपीसम्म १६ जना एकसाथ अवकाश हुने भएका छन्। सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवा अवधिका कारण उनीहरू अर्को साताबाट अनिवार्य बिदा हुन लागेका हुन्।

अवकाश हुनेमा सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई समेत छन्। खत्री सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको प्रमुख छन्। भट्टराई सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत छन्।

दुवैजना बाहिनीपति एकसाथ बिदा हुनेछन्।

अवकाश हुन लागेका १६ जनै अधिकारी २०५१ सालमा नेपाल प्रहरीको सहायक निरीक्षक असई० मा भर्ना भएका हुन्। तर उनीहरू सशस्त्र प्रहरीको स्थापनासँगै सशस्त्र प्रहरीमा गएका थिए।

नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जाँदा एक तह बढुवाको अवसर दिइएको थियो। तर त्यसअघि नै दुई जनाले भने प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

उनीहरू डीएसपीमा बढुवा हुँदै सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए।

यस्तै असईबाट सईमा बढुवा भएर सशस्त्र प्रहरीमा गएकाहरू पनि यो ब्याचका सबै जना अवकाश हुने भएका छन्। सशस्त्र प्रहरी निरीक्षकदेखि डीआईजीसम्म १६ जना रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।

सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीका प्रमुख एसएसपी विश्वकुमार भट्टराई पनि अवकाश हुने भएका छन्। उनी सईबाटै सशस्त्र प्रहरीमा प्रवेश गरेका भए पनि पछि सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए।

अवकाश हुनेमा ११ जना एसपी छन्।

एसपीहरू दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट, उद्धवबहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी र महेन्द्रराज भारती रहेका छन्।

दुई जना डीएसपी पनि सँगै अवकाश हुनेछन्। डीएसपी राजेश्वरप्रसाद साह र हरिबहादुर शाही अवकाश हुन लागेका हुन्।

अवकाशमा जान लागेका दुई एसपी र एक डीएसपीलाई भने विशेष बढुवा दिएर बिदा गर्न लागिएको हो। सशस्त्र प्रहरीमा अवकाश हुने बेलामा कार्यरत पदमा ५ वर्ष काम गरेको र ३० वर्षे सेवा अवधिका कारण अवकाश भइजानेलाई एक तह बढुवा गर्ने व्यवस्था छ।

सोही व्यवस्थाका कारण अवकाश हुन लागेका एसपी भीमबहादुर चौधरी र महेन्द्रराज भारती तथा डीएसपी हरिबहादुर शाहीलाई विशेष बढुवा गरिएको हो। यसअघि चौधरी र भारती डीएसपी थिए। उनीहरूलाई केही दिनअघि मात्रै एसपीमा विशेष बढुवा गरिएको हो। यस्तै हरिबहादुर शाही पनि सशस्त्र प्रहरी निरीक्षक नै थिए। उनलाई पनि विशेष बढुवा गरेर डीएसपी बनाइएको हो।

उता नेपाल प्रहरीमा सँगै भर्ना भएका ८९ जना पनि भदौ १६ गते नै अवकाश हुने छन्। उनीहरूकै ब्याचका र नेपाल प्रहरीमै रहेकाहरू पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुन लागेका हुन्।

प्रहरीतर्फ अवकाश हुनेमा एकजना डीआईजी, ११ जना एसएसपी, ११ जना एसपी, ३१ डीएसपी र ३५ जना इन्सपेक्टर छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट भदौ १६ गते अवकाश हुन लागेकाहरू २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा एकसाथ भर्ना भएकाहरू हुन्।

यता सरकारले भने ३० वर्षे सेवा अवधि हटाउने तयारीलाई तीव्रता दिएको छ। आफूहरूको अवकाशपछि मात्रै ३० वर्षे हटाउन लागिएको भन्दै नेपाल प्रहरीका २१ जना अधिकारीहरूले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठसहितका एसएसपी, एसपी, डीएसपी र इन्सपेक्टर गरी २१ जनाले वारेसमार्फत एउटै रिट दायर गरेका हुन्।

उनीहरूले ३० वर्षे तत्काल हटाएर आफूहरूलाई जागिरमा निरन्तरता दिन माग गरेका छन्। रिटमा बिहीबार नै सुनुवाइका लागि पेसी तोकिएको छ। यदि सर्वोच्चले उनीहरूको पक्षमा आदेश सुनाएमा जागिर लम्बिने छ।

नभए नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०५ जना भदौ १६ गते अवकाश हुनेछन्। नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली त्यसको १० दिनपछि भदौ २६ गते अवकाश हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group