ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   २ : १२   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए ।

२१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो ।

‘‘२६ गते फेरि २० प्वाइन्ट ब्लड मागिन्छ । २६ गते साँझ उनलाई मृत डिक्लियर गरिन्छ । २६ गतेदेखि आजसम्म त्यो बहिनीको लास अस्पतालमा छ । गम्भीर लापरबाही छ । अस्पताल प्रशासनको गम्भीर लापरबाही छ’, उनले भने ।

 

उक्त घटनामा चिकित्सक र अस्पताल प्रशासनको गम्भीर लापरबाही देखिएको सांसद गौतमले बताए । यो घटनाको विरोधमा उनको परिवार र नेपाल मगर संघले आन्दोलन गरिरहेको तर कुनै सुनुवाइ नभएको गौतमको भनाइ छ ।

‘मैले स्वास्थ्यमन्त्रीज्यूलाई भनेँ, गृहमन्त्रीज्यूलाई पनि यसको जानकारी छ । गृह प्रशासनलाई राम्रो जानकारी छ । दिनदिनै नाराजुलुस भइरहेको छ, धर्ना भइरहेको छ । तर, पीडितलाई न्याय दिने कुरामा कतै पनि अस्पताल प्रशासन जाँदैन’, उनले भने ।

सांसद गौतमले उक्त घटनाको छानबिनका लागि समिति गठन गर्न माग गरे । यस्तो घटनाले समाजमा राम्रो सन्देश नदिने उल्लेख गर्दै उनले थपे, ‘प्राइभेट मेडिकल कलेजहरु, सरकारी अस्पतालहरु सबैमा नागरिकको जिउधनको सुरक्षा हुनुपर्छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तत्काल नै यो घटना कारबाही अगाडि बढाओस् ।’

बर्दियाबाट उपचारका लागि काठमाडौं आएकी महिला गरिब परिवारकी सदस्य रहेको र उनका श्रीमान मोटरसाइकलमा राइड सेयरिङको काम गर्ने गरेको सांसद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group