ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीबाट फर्केपछि परराष्ट्रमन्त्री–भारतले नेपाललाई एकदमै नजिकको छिमेकीका रुपमा लिँदोरहेछ


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   ५ : २२   बजे

काठमाडौं ६ भदौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपाललाई नेपाललाई नजिकेको छिमेकीका रुपमा लिने रहेछ भन्ने आफूलाई आभास भएको बताएकी छिन्।

भारतको पाँच दिने भ्रमण सकेर बिहीबार नेपाल फर्केकी राणाले त्रिभुवनविमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘म नेपालको विदेशमन्त्री भएर जाँदाखेरी उहाँहरुले गर्नुभएको जुन स्वागत थियो, त्यो चाहिँ हामी सबै नेपालीको स्वागत हो। नेपालकै प्रतिनिधि भएको कारणले उहाँहरुले गर्नु भएको हो। भारतले एकदम उच्च सम्मान र नजिकको छिमेकीको रुपमा लिँदोरहेछ भन्ने मलाई आभास भएको छ।’

राणाले आफ्नो भारत भ्रमण सफल रहेको दावी समेत गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र समय मिलाएर आउने जवाफ पाएको उनको भनाइ छ।

पञ्चेश्वर परियोजना, हवाई रुट लगायतका विषयमा आफूले प्रधानमन्त्री मोदीसँग कुरा राखेको मन्त्री राणाको भनाइ छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu