ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि प्रहरीले पक्राउ गर्‍यो उनका श्रीमानलाई


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   १० : ३५   बजे

काठमाडौं, ७ भदौ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ।
बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ।

सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ। ममताको मृत्यु भइसकेको आकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन्।

बेपत्ता भएकी ममतालाई खोज्न त्यहाँको प्रहरीले १० वटा भन्दा बढी खोजी अपरेसन चलाएको थियो। बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो। त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले लेखेको छ।उनी शंकास्पद देखिएपछि पक्राउ गरिएको र थप अनुसन्धानबाट ममता बेपत्ता भएको घटनाबारे थप कुरा पत्ता लाग्ने ल्युगोले बताएका छन्।ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन्। उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ।

त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षका छोरी मात्रै थिए।नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए। ममताका साथीहरुको मौखिक उजुरीमा प्रहरीले अन्यत्र खोजी सुरू गरिसकेको थियो।अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो।

प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई पनि मिहीनरूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरी प्रमुख ल्युगोले बताएका छन्।

बुधबार नरेशकै घरमा छापा मारेपछि बिहीबार उनलाई पक्राउ गरिएको हो। ‘अहिले शव लुकाएको अभियोगमा पक्राउ गरिएको हो। थप अनुसन्धानपछि अन्य विषय पनि खुल्ला,’ प्रहरी प्रमुख ल्युगोले भने। प्रहरीले ममताको खोजी पनि जारी राखेको छ। ममताकी १ वर्षीया छोरीलाई भने प्रहरीले सामाजिक संस्थाको जिम्मा लगाएको छ। उनी सुरक्षित र स्वस्थ रहेको पनि प्रहरीले बताएको छ। ममताकी आमा नेपालमै छिन्। छोरी बेपत्ता र ज्वाइँ पक्राउ परेपछि नातिनीको जिम्मा लिन आकस्मिक भिसा लिएर अमेरिका जाने तयारी गरिरहेको पनि सेभेन न्युजले उल्लेख गरेको छ।

‘अहिले उहाँ केबल आमाबाबुबाट एक्लिएकी आफ्नी नातिनीको जिम्मा लिन मात्रै अमेरिका जान खोज्नुभएको हो। नेपालस्थित अमेरिकी दूतावासलाई चाँडै भिसा दिन अनुरोध गर्नुस्, किनकी त्यो बच्चाको हेरचाह गर्न कोही चाहिन्छ। त्यसमा ममताकै आमा हुनु राम्रो हो,’ अध्यागमन अधिवक्ता बन्दिता शर्माले सेभेन न्युजसँग भनेकी छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group