ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठानको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   १ : ०७   बजे

काठमाडौं ७ भदौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।

भदौ २३ गते हुने प्रथम दिक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली जुम्ला आउनु हुने तय भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलका अनुसार प्रतिष्ठानले गर्न थालेको प्रथम दिक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सन्दुक रोइत, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश पाण्डपसहितको टिम जुम्ला आउने भएको जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सम्पन्न गरेका विभिन्न तहका ५६ जना विद्यार्थीलाई दिक्षित गर्ने, प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउनु हुने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानसँग गरेको सहमतिअनुसार यतिवेलादेखि नेत्र रोगको सेवा विस्तार पनि प्रतिष्ठानमा यसै समयमा गरिने भएको छ । सो सेवाका लागि तिलगंगा प्रतिष्ठानका कार्यकारी निर्देशक रोइतले करिब २ करोडको सामग्री पठाई सक्नुभएको रावलले बताउनुभयो ।

नेत्ररोग सेवाका लागि २ जना विशेषज्ञ समेत आइसक्नुभएको उपकुलपति रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार एमडिएमएस, विएमएस, विपिएचका विद्यार्थीको यस पटक दिक्षान्त समारोह हुने भएको छ । प्रतिष्ठानमा अहिले ३ जना भारतीय विद्यार्थीसहित १२० जना चौथो व्याजका विद्यार्थी एमविविएस अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu