काठमाडौं ७ भदौं । काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिका स्थित सिम बजारमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।
माइक्रोबस गुडिरहेको अवस्थामा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
डीएसपी मिश्रका अनुसार तीव्र गतिमा हुइँकिएको माइक्रो बस सडकमै चिप्लिएर पल्टिएको हो।
माइक्रोमा सवार १५ जनामध्ये ६ जना घाइते भएका हुन्, मिश्रले नेपालखबरसँग भने, २ जनाको अवस्था मध्यम छ। ४ जना सामान्य घाइते हुनुहुन्छ।
डीएसपी मिश्रका अनुसार घाइतेहरुको गल्छी स्थित स्थानीय अस्पतालमा उपचार भैरहेको छ।
प्रतिक्रिया दिनुहोस्