ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो सोमा सीजी मोटोकर्पले एपिक न्यु स्विफ्ट सार्वजनिक गर्ने


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   ४ : १५   बजे

काठमाडौं ७ भदौं । नेपालका लागि सुजुकी ब्रान्डका चारपांग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो सो २०८१ मा एपिक न्यु स्विफ्ट सार्वजनिक गर्ने भएको छ।

सीजी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो सोमा ग्राहकहरूको लागि प्रदर्शनीमा राखिनेछ। मूल्यको जानकारी सोही बेला गराउने कम्पनीको तयारी छ।

स्विफ्ट नेपाली बजारमा सन् २००५ मा लन्च भएको थियो। यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण ग्राहकले निकै रुचाएको कम्पनीले जनाएको छ।

‘नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले पर्फमेन्स र सस्टेनिबिलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ’, कम्पनीले भनेको छ, ‘एपिक नयाँ स्विफ्टमा थुप्रै नयाँ युगका प्रविधि र फिचरहरु समावेश छन्।’

नयाँ स्विफ्टमा आकर्षक एक्सटेरियर, आरामदायी क्याबिन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधिको संयोजन छ।

यसमा प्रयोग गरिएको नयाँ र्‍यापअराउन्ड क्यारेक्टर लाइनले स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिस बनाएको छ। क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाइन’सहितको नयाँ लेआउट छ। जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा कmयपथ एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमर्‍याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८।१० सेन्टिमिटर ९१५ इन्च० टू–टोन एलोय ह्विल्सले स्विफ्टको लुक्स अझै फ्युचरिस्टिक बनाएको छ।

ड्राइभर ओरिएन्टेड ड्यासबोर्ड ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२।८६ से।मी। ९९ इन्च० स्मार्टप्ले प्रों इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको यूएसबी पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सीटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ।

ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरु समावेश गरेको छ। स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम प्लस ९ईएसपीआर०, हिल होल्ड असिस्ट, एन्टी–लक ब्रेकिङ सिस्टम ९एबीएस० सँग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन ९ईबीडी० र ब्रेक असिस्ट, ३–प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् , यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ताबिलिटी प्रदान गर्नेछ। यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ।

‘सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ। यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५।७५ कि।मिरलिसम्मको माइलेज प्रदान गर्नेछ जुन पुरानो स्विफ्टभन्दा १४ प्रतिशतले ज्यादा हुन्छ। यसको लो इन्ड टर्क र राम्रो एक्सिलरेसनले नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुनेछ’, कम्पनीले भनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu