काठमाडौं ९ भदौं । नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज ९आइतबार० बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७स्१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९, घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।
तीमध्ये ५ घाइतेको अवस्था मध्यम छ भने बाँकी १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका(१० बस्ने वर्ष ४० की तारा भट्ट ९सामान्य०, कैलाली चिसापानी नगरपालिका(३ बस्ने वर्ष २३ की हरिकला थापा ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष १९ का कैलाश विक। ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष २७ की कृष्णा विक ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष ३५ की जयन्ती विक ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(८ बस्ने वर्ष ३७ का दिलबहादुर सुनार ९सामान्य० तथा कञ्चनपुर नगरपालिका(३ बस्ने वर्ष २३ का समिदेवल राना ९मध्यम० छन्।
अन्य घाइतेमा कैलालीको गोदावरी नगरपालिका(१२ बस्ने वर्ष ३७ का शेरबहादुर विष्ट ९सामान्य०, बझाङ बित्थडचिर गाउँपालिका(४ बस्ने वर्ष २२ का वसन्त बोहोरा ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(७ बस्ने वर्ष ३४ का धरम खड्का ९सामान्य०, कञ्चनपुर भीमदत्त नगरपालिका(१० बस्ने वर्ष २० का दीपेश भट्ट ९सामान्य० छन्।
यसैगरी दार्चुलाको महाकाली नगरपालिका(६ बस्ने वर्ष २३ का लक्ष्मण बम ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(९ बस्ने वर्ष २५ का भीमसेन सार्की ९सामान्य०, बैतदी दशरतचन्द नगरपालिका(२ बस्ने वर्ष ३७ का जनक बिजाली ९सामान्य०, कञ्चनपुर भीमदत्त नगरपालिका( ४ बस्ने वर्ष २३ का विनोद सार्की ९सामान्य०, डडेलधुरा गन्यापधुरा गाउँपलिका(३ बस्ने वर्ष ३३ का देव बहादुर भुल ९सामान्य० र चितवन भरतपुर(५ बस्ने वर्ष २५ का विपिन न्यौपाने ९मध्यम० घाइते भएको डीएसपी रिजालले जानकारी दिए।
घाइते सबै नयाँ मेडिकल कलेज भरतपुरमा उपचारत छन्।
बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको डीएसपी रिजालले जानकारी दिए।
उनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगियो।
प्रतिक्रिया दिनुहोस्