ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोसी दुर्घटना: २५ फिट गहिराइबाट निकालियो गाडी, बेपत्ता ३ युवा अझै भेटिएनन्


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   १ : ०८   बजे

काठमाडौं ९ भदौं । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।

घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो।

‘नदीमा बेपत्ता भएको गाडी गएराति २ बजे नदीबाट निकालिएको छ,’ एसपी काफ्लेले भने, ‘तर त्यसमा सवार तीन युवालाई अझै फेला पार्न सकिएको छैन।’

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्। अबिन हाइलक्सका चालक हुन्।

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

बेपत्ता तीन युवाको खोजीमा आइतबार बिहानैदेखि सुरक्षाकर्मी खटिएका एसपी काफ्लेले बताए।

‘म अहिले घटनास्थलमै छु,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थलदेखि तल १० किलोमिटर क्षेत्रसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।’

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो। सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

‘बाढी आएको कारण अहिले सुनकोसीको पानी एकदमै धमिलो र लेदो छ। बेपत्ता भएकाहरुलाई बालुवाले पुरेको पनि हुनसक्छ। हामी सम्भावित सबै किसिमबाट खोजी गरिरहेका छौँ,’ एसपी काफ्लेले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group