ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गंगालाल अस्पताल अगाडि चिया बेच्नेलाई नगरप्रहरीले गरे लछारपछार


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   १ : ३३   बजे

काठमाडौं ९ भदौ । काठमाडौंका नगर प्रहरीहरुले बाटो किनारमा बसेर चिया बेच्ने एक व्यक्तिलाई लछारपछार गरेको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेको सो भिडियोमा आधा दर्जन बढी नगर प्रहरीहरु मिलेर एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ । ती व्यक्तिले ‘ऐया १ ऐया ११’ भनेको पनि सुनिन्छ ।

 

सामाजिक सन्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडिको सडकको हो र नगर प्रहरीले एकजना चिया बिक्रेतालाई लछारपछार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने सो भिडियोको वास्तविकताबारे बुझ्न नपाएको बताए । ‘मैले पनि भिडियो हेरेँ, त्यो घटना के हो रु ड्युटीमा को थियो भन्नेबारे बुझ्दै छु,’ पाण्डेले भने ।

 

सडक र बजार व्यवस्थित बनाउने नाममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई अमानवीय व्यवहार गरेका घटना बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

यसअघि साइकलमा डुलाएर आँप बेचिरहेका मधेशी मूलका व्यक्ति, सडक किनारमा मकै पोलिरहेकी महिला, थापाथलीमा चिया बेचिरहेकी महिलाका सामान अमानवीय ढंगले खोसिएका भिडियोहरु सार्वजनिक भएका थिए ।

यस्ता घटनापछि केही व्यक्तिहरुले नगर प्रमुख बालेन साहविरुद्ध विरोध प्रदर्शन समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu