ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी, न्याय परिषद् बैठक आज


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   ३ : ५९   बजे

काठमाडौं ९ भदौ । न्याय परिषद्ले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको छ।   नियुक्तिका लागि सम्पूर्ण गृहकार्य सकिएपछि आज बैठक बसेर औपचारिक निर्णय गर्न लागिएको हो। अनौपचारिक छलफलका क्रममा कुन क्षेत्रबाट कति जना न्यायाधीश नियुक्त गर्ने भनेर टुंगिएपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज निर्णय गर्न न्याय परिषदको बैठक बोलाएका छन्। बैठक आज साँझ ४ बजे बोलाइएको परिषद्का एक अधिकारीले  जानकारी दिए।

उच्च अदालतको न्यायाधीश नियुक्त हुने १६ जनामध्ये न्याय सेवाबाट राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीबाट चार जनाले अवसर पाउने भएका छन्। यसअघि कर्मचारीबाट ३ जना मात्र पर्न सक्ने गरी गृहकार्य सुरु गरिएकामा प्रधानन्यायाधीशले अन्य सदस्यहरूसँगको परामर्शपछि ४ जना सहसचिवस्तरका कर्मचारीलाई न्यायाधीश बनाउने टुंगो गरेका हुन्। न्याय सेवाका कर्मचारीहरुको तर्फबाट चार जना हुनुपर्ने दबाब न्याय प्रशासनभित्रैबाट पनि परिरहेको थियो।

न्याय सेवाका सहसचिवहरुमध्येबाट मानबहादुर कार्की, खडक अधिकारी, जितेन्द्रबाबु थपलिया, अच्युत कुइँकेल, गजेन्द्रबहादुर सिंह, ठगीन्द्र कट्टेल र बाबुराम दाहालमध्येबाट उच्च अदालतका न्यायाधीश छानिनेछन्। यस समूहबाट दुईजना न्यायाधीश बन्नेछन्।

यीबाहेक सरकारी वकिल र कानुन अधिकृतहरूमध्येबाट एक¬एक जना पर्न सक्नेछन्। सरकारी वकिल समूहबाट शंकर खत्रीको नाम छलफलमा छ। यद्यपि वरिष्ठताक्रममा भने सहन्यायाधिवक्ताहरू सूर्यराज दाहाल र उद्धवप्रसाद पुडासैनी खत्रीभन्दा अगाडि छन्।

जिल्लापछि उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी, यस्तो छ कोटा विभाजन
एक जना कानुनका सहसचिवहरूमध्येबाट बन्नेछन्। कानुनमन्त्रीले दिएको नाम न्याय परिषद्ले अनुमोदन गर्न सक्नेछ। कानुनमन्त्री हाल कांग्रेसका अजयकुमार चौरसिया छन्। कांग्रेसका विभिन्न नेताहरु चौरसियाकहाँ दौडधुप गरिरहेकै छन्।

न्याय परिषद्ले कानुन व्यवसायीबाट ४ जनालाई उच्च अदालतको न्यायाधीश बनाउने तयारी गरेको छ। बाँकी ८ जना जिल्ला न्यायाधीशले उच्चमा अवसर पाउने भएका छन्।

महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बास्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, भुवनसिंह थापा, लीलाराज अधिकारी, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारीलगायत वरिष्ठतामा अगाडि छन्। यीमध्ये केहीलाई यसअघि नै छुटाएर कनिष्ठलाई उच्चमा नियुक्त गरिसकिएको छ।

यसअघि साउन २५ गते बसेको न्याय परिषद्को बैठकले न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुमध्येबाट ३५ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो।

सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त छ। न्यायाधीश अभावमा सर्वोच्चको न्याय सम्पादनको दर पुनः घट्न थालेको छ।

त्यसकारण सर्वोच्च अदालतमा पनि न्यायाधीश नियुक्तिको लागि न्याय परिषद्माथि दबाब छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu