ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको आक्रोश : के सानो पार्टी, वैद्य र विप्लवको भन्दा सानो छ ?


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   ४ : १९   बजे

काठमाडौं ९ भदौ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् ।

आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द पनि सुन्न चाहन्न ।’

 

त्यसपछि उनले अरु दलसँग तुलना गरे । ‘के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ रु मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ रु विप्लवजीहरुको पार्टी भन्दा सानो छ रु’ नेपालले नेताहरुलाई प्रश्न गरे ।

हिजो आफूहरु भएको एमाले जत्रो मात्र नभएको उनले बताए । तर सानो भन्ने हिनाताबोध गरेर पार्टी नबन्ने भन्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालले त्यही गीत गाउनुभएको भए के हुन्थ्यो हालत रु हामीले कोके ९कोअर्डिनेशन केन्द्र० बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत ?’

कोअर्डिनेशन केन्द्र ९कोके० बनाउने समयमा आयोजित पहिलो बैठकमा झलनाथ खनाल, सीपी मैनाली र आफू मात्र भएको स्मरण गरे । उनले भने, ‘८ महिना सारेर बैठक गर्दा ८ जना ल्याउने भन्दा ६ जना भयौं ।’

हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । ‘अरु ठूला भनिएका पार्टीका नेताहरु हामीलाई भन्छन्, यो पार्टीलाई बलियो बनाउनुस्, हाम्रो सद्भाव छ’, उनले भने, ‘यसअर्थमा हामीले हिनताबोध गर्न आवश्यक छैन ।’

हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे । पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे । अध्यक्ष नेपालले भने, ‘म संकेत मात्र गर्न चाहन्छु, अहिले ठूलो जमात विद्रोह गरेर आउने गरेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group