ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी–मालढुङ्गा सडक : ढुङ्गाको लोभमा पहरा काट्दा पहिरोको जोखिम


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   १२ : ५८   बजे

काठमाडौं १० भदौ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने केराबारीमा आयोजना र ठेकेदारको लापरबाहीका कारण नयाँ पहिरो उत्पत्ति भएपछि जोखिम बढेको छ ।

सडक विस्तारका क्रममा निर्माण कम्पनीले ढुङ्गाको लोभमा बेनी–मालढुङ्गा सडकखण्डको पर्वतको जलजला गाउँपालिका ७ केराबारीस्थित भिरमा डोजर लगाएर ढुङ्गा निकालेका कारण पहिरो खस्न थालेको हो । यो स्थानमा यसअघि पहिरो थिएन । भौगोलिक अवस्थाको अध्ययन नगरी जथाभाबी भिर काट्दा विगत दुई वर्षदेखि उक्त स्थानमा नयाँ पहिरो सिर्जना भएको हो ।

पहिरोका कारण अहिले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकको उक्त खण्डमा दैनिक रूपमा यातायात अवरुद्ध हुने गर्दछ । सडकदेखि करिब पाँच सय मिटरभन्दा माथिसम्मको पाखोबाट ठुला–ठुला ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण दैनिक रूपमा सयौँ सवारीसाधन र यात्रुहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

आयोजनाले भौगोलिक अवस्थाको अध्ययन नगरी भिर फुटालेर ढुङ्गा निकाल्दा पहिरो खस्ने जोखिम नभएको स्थानमा नयाँ पहिरो सिर्जना भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । भिर फुटालेर ढुङ्गा निकाल्दा भविष्यमा निम्तीन सक्ने सम्भावित जोखिमको अध्ययन नभएको उहाँको भनाइ छ ।

सडक माथिको पाखोबाट पहिरो खस्दा दुई वर्षदेखि दैनिक रूपमा सडक अवरुद्ध हुँदै आएको छ । बर्खा सुरु भएदेखि उक्त स्थानमा पहिरो खसेका कारण करिब १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको जलजला गाउँपालिकाका नगर प्रहरी प्रमुख साजन परियारले बताउनुभयो ।

उहाँका अनुसार बास्कोटको भिरको झरासम्म पहिरो विस्तार भएर पुगेको छ । ‘‘धेरै माथिदेखि पहिरो खसिरहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि एकैछिनमा फेरी पहिरो खस्छ । ढुङ्गासहितको पहिरो खस्ने क्रम नरोकिएकाले आवतजावतमा जोखिम छ,’’ नगर प्रहरी प्रमुख परियारले भन्नुभयो ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे योजनाका लागि आवश्यक पर्ने ढुङ्गा निकाल्न निर्माण कम्पनीले सडकदेखि माथि रहेको भिर दुईवर्ष अघि डोजर लगाएर फुटालेको थियो । उक्त भिर केही निजी र सार्वजनिक पर्दछ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सरोकारवाला पक्षहरूलाई आर्थिक प्रलोभनमा पारेर ठेकेदार पक्षले भिर फुटालेको स्थानीयहरूको भनाइ छ । पहिरो खस्न थालेलगत्तै स्थानीयवासीहरुले विरोध जनाएपछि कुस्मामा बसेको सर्वपक्षीय बैठकले भिर फुटाल्ने कार्यमा रोक लगाएको थियो ।

कालिगण्डकी तीरमा टेवा पर्खाल लगाएर सडक चौडा पार्ने विकल्प भए पनि आयोजनाले ढुङ्गा निकाल्न भिर खन्दा नयाँ पहिरो खसेको भएको जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कालिगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाउँदा ठेकेदारले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गाको जोह गर्न भिर काटेको थियो । अलिकति भिर काटे लगत्तै पहिरो खस्न थालेपछि विरोध पश्चात् रोकियो । भौगोलिक रूपमा अध्ययन नगरी काम गर्दा नयाँ पहिरो बन्यो ।’’

निरन्तर रूपमा पहिरो खसेका कारण सडक अवरुद्ध हुँदै आएको छ । पहिरोको जोखिम भएकाले वर्षा भएका बेला र रातका समयमा सवारी साधन नचलाउन प्रशासनले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group