ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुग्लिन-आँबुखैरेनी सडक दिउँसो १ बजेसम्म पनि बन्द


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   १ : २५   बजे

काठमाडौं १० भदौ । मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ६ घण्टासम्म पनि खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए । ‘एउटा मात्र क्रेनले बस निकाल्न नसकेपछि अर्को क्रेन मगाइएको छ,’ प्रवक्ता रायले भने, ‘बाटो खुल्न अझै केही घण्टा लाग्ने देखियो ।’

स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।

 

बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो १ बजेसम्म पनि बस बाहिर निकाल्न सकिएको छैन र सडक पनि खुलाइएको छैन ।

सडक नखुल्दा सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनहरुलाई आँबुखैरेनी र डम्फिनमा रोकेर राखिएको छ ।

सडक बन्द भए पनि विरामीहरुलाई मर्का नपरोस् भनेर सडकका दुवैतर्फ एम्बुलेन्सहरु राखिएका छन् । यदि कोही बिरामी भए उनीहरुलाई वारिपारि गराएर अस्पतालसम्म पुर्याउन सकियोस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group