ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो सरकारले भात–रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   १ : ४१   बजे

काठमाडौं १० भदौ । प्रधानमन्त्री  केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन ।’

सरकारले कसैलाई फसा भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात(रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए । उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ ।’

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन।’

वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो। नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठूलो उपलब्धि मानिएको छ। एक अर्ब २६ करोडको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो।

गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठूला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौं भन्ने आत्मबलवृद्धि भएको बताए।

उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताए। कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी थिए।

 

उनले पुरानो शैलीमा अपराध नियन्त्रण हुन नसक्ने समेत बताएका छन् । अपराध हुनै नदिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन ।’

उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुने समेत बताए । ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’ ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ ।’

अपराधको बारेमा सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ र नियन्त्रण गरिहाल्छ भन्ने आम मानिसमा परोस् भन्ने आफूले चाहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu