ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)


एबीसी न्यूज
१० भदौ २०८१, सोमबार   ३ : ०६   बजे

काठमाडौं १० भदौ । मर्स्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ। सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो।

सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो।

जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ।

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने एसपी शाहीले बताए।

नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको थियो। अर्को क्रेनको सहायतमा बस नदीबाट निकालिएको हो।

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए।

मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu