ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चले दिएन अन्तरिम आदेश, डीआईजीसहित १६ जना अवकाशमा


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ३ : १२   बजे

काठमाडौं ११ भदौ । सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि तत्काल नहट्ने भएको छ।

दुई डीआईजीसहित १२ जना अधिकारीले दिएको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीका गरेको हो।

सर्वोच्चले विपक्षीसँग कारण माग गरेको छ।

यही भदौ १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूहरुलाई सेवामा निरन्तरता दिन माग गरेका थिए।

तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनीहरु भदौ १६ गते नै अवकास हुने निश्चित भएको हो।

रिट दायर गर्नेमा डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरी रहेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाइएको छ।

यसअघि सर्वोच्च अदालतले नेपाल प्रहरीमा भने ३० वर्षे सेवा अवधि लागु नगर्न र अवकास हुन लागेका प्रहरीहरुलाई जागिरमा निरन्तरता दिन अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश दिएसँगै नेपाल प्रहरीका ८९ अधिकारीहरुको जागिर तत्काललाई जोगिएको थियो। उनीहरु पनि भदौ १६ गते नै अवकास हुन लागेका थिए।

सशस्त्र प्रहरीबाट अवकास हुन लागेका १६ जना पनि नेपाल प्रहरीका ८९ जनाकै ब्याची हुन्। उनीहरू २०५१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए।

तर सशस्त्र प्रहरीको स्थापना भएपछि उनीहरु एक तह बढुवाको सुविधा लिँदै त्यता सरेका थिए।

सशस्त्र प्रहरीमा स्थानान्तरण भए पनि उनीहरुको सेवा अवधि भने नेपाल प्रहरीमा हुँदाको पनि गणना भएपछि अवकासको मिति आइपुगेको हो।

त्यसैलाई रोक्न उनीहरु सर्वोच्च गए पनि अवकासमा जानु पर्ने भएको हो।

सर्वोच्चको यो आदेशसँगै सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका प्रमुख अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद भट्टराई अवकास हुने भएका छन्।

यस्तै सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीका प्रमुख एसएसपी विश्वकुमार भट्टराई पनि अवकाश हुने निश्चित भएको छ।

एसपीहरू दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट, उद्धवबहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी र महेन्द्रराज भारती रहेका छन्।

दुई जना डीएसपी पनि सँगै अवकाश हुनेछन्। डीएसपी राजेश्वरप्रसाद साह र हरिबहादुर शाही अवकाश हुने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group