ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु जानिबुझी घाटामा पार्नु हो-जनार्दन शर्मा


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ३ : २८   बजे

काठमाडौं ११ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोड्न सकिने बताए। उनले उर्जा मन्त्रालयले दोस्रो प्राथमिकतामा व्यापारलाई राख्नुपर्ने बताए।

उनले भने, ‘जलाशययुक्त आयोजनाको बारेमा पुनरावलोकन गर्नुपर्छ। समयको र रेटको हिसावले पनि सोच्नुपर्छ। पहिलो प्राथमिकता विद्युत खपतको राख्नुपर्छ। प्राथमिक योजना खपत हुनुपर्छ। प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोडिने विषय भयो। एक नम्बर प्राथिमकता खपत र दोस्रो प्राथमिकता व्यापार हुनुपर्छ।’

पूर्वमन्त्री शर्माले बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु सरह रहेको जिकीर गरे।

शर्माले थपे, ‘बूढीगण्डकी जलविद्युत आयोजना बनाउने हो, लगानी कहाँबाट जुट्छ, त्यहीँबाट जुटाउने हो। बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु हुन्छ। सरकारको, लगानीकर्ताको नाफास्तरमा पुग्नेगरी गर्नुपर्छ।’

उपमहासचिव शर्माले नेपालबाट निर्यात गर्ने बिजुली नेपाली भएर जान पाउने व्यवस्था गर्नुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu