ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित राजदूतविरुद्धको उजुरी संसदीय समितिमा खोलियो, ८ दिनमा सक्नेगरी सुनुवाइ हुने


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ४ : ००   बजे

काठमाडौं ११ भदौ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो।

‘आज हामीले राजदूत नियुक्ती प्रक्रिया अन्तर्गत उजुरीकर्ताहरूको उजुरी खोलेका छौँ। अब सुनुवाइको प्रक्रियामा अघि जाँदैछौं। संसद १३ गतेसम्म छ। त्यसैले १४ गतेदेखि निरन्तर गरौँ। पहिलो दिन हामीले ४ जना राखेका छौँ,’ सभापति न्यौपानेले भनिन्, ‘यसलाई धेरै नलम्ब्याऔँ। उहाँहरूको सुनुवाइ सकिनेबित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्युसँग पनि छलफल गर्ने नै छौँ। १४ गते उजुरीकर्ताको उजुरी सुन्ने। त्यसपछि १६, १७ , १८ र १९, २० गते हाम्रो निरन्तर जान्छ।’

भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ।

‘त्यसपछि २१, २२ र २३ एक दिन गते बिदा हुन्छ। एक दिन शनिवार परेको र पञ्चमी। तिज भएकाले बिदा हुन्छ। २४ र २५ फेरि हामो निरन्तर जान्छ। त्यो बीचमा हामीले परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्छौं। उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ,’ न्यौपानेले भनिन्, ‘विभिन्न देशका लागि नेपाली राजदूतमा प्रस्तावित व्यक्तिको सिफारिसको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याँई र यसको औचित्यता स्पष्ट पार्न लगाउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्यगरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दुछु। समितिको अर्को बैठक भदौ १४ गते बोलाइनेछ।’

समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोलि समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group