ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङ अस्पतालमा मेमोग्राम सेवा थपियो


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १२ : ४२   बजे

काठमाडौं १२ भदौ । धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ।

बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो।

स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भइरहेको बताए।

‘विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले भने, ‘रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र लिन सकिन्छ।’

सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छभने डाक्टरले मेमोग्राम गर्न सुझाव दिने गर्दछन्।

धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन्। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu