ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १ : ०९   बजे

काठमाडौं १२ भदौ । नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार ९सी–चेक० का लागि ग्राउन्डेड भएका हुन् ।

असार ९ गते एउटा ए ३३० वाइडबडी ‘अन्नपूर्ण’ ९सी–चेक० का लागि इटालीको नेपल्समा पठाएको निगमले आज बुधबार अर्को वाडबडी ए ३३० वाइडबडी ‘मकालु’ पनि सि–चेकका लागि इटाली पठाउन लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि मकालु जहाजलाई इटालीको नेपल्स पठाउन लागिएको हो । मङ्गलबार जापानको नारिताबाट फर्केपछि उक्त जहाज बुधबार राति ११ बजे दुबई जाने यात्रु बोकेर सी–चेकका लागि उतैबाट इटाली पुग्ने तय भएको छ ।”असार ९ गते इटाली पुगेको जहाजको मर्मत कार्य जारी रहेकाले अबको एक साताभित्र नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इटालीमा रहेको वाइडबडी जहाजको इटालियन कम्पनी एटिटेक एसपिएमा परीक्षण भइरहेको बताउँदै मर्मतको सिलसिलामा जहाजमा थप मर्मत गर्नुपर्ने र पार्टपुर्जाको व्यवस्था गर्नुपर्ने देखिएकाले सी–चेक गर्न थप समय लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group