ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज भन्सारले उठायाे ‍७३ प्रतिशत राजश्व ‍


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १ : १५   बजे

काठमाडौं १२ भदौ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको सो कार्यालयले चालु आर्थिक वर्षको २०८१औ०८२ को पहिलो महिना साउनमा पनि निर्धारित लक्ष्य प्राप्त गर्न सकेन ।

साउन महिनामा लक्ष्यभन्दा २३ प्रतिशत कम राजश्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८१(०८२ को साउन महिनाका लागि कुल दुई अर्ब चार करोड १४ लाख ६६ हजार रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपियाँ असुली भएको बताउनुभयो । सो असुली लक्ष्यको ७३।६७ प्रतिशत मात्रै हो ।

राजश्व सङ्कलनको लक्ष्य नै बढी निर्धारण गरिँदा गत केही वर्षदेखि लक्ष्य अनुसार असुली हुन नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाइ छ । गत आर्थिक वर्षमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१(८२ का लागि एक अर्ब घटाइएको छ । तर अहिलेको लक्ष्य पनि धेरै बढी राखिएको भन्सारका कर्मचारीहरु बताउँछन् ।

गत आर्थिक वर्ष २०८०(८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा चालु आर्थिक वर्षका लागि २७ अर्ब बढी लक्ष्य तोकिनु नै तर्कसङ्गत नभएको उनीहरुको भनाइ छ ।

विगतको असुली मूल्याङ्कन नगरी आगामी वर्षका लागि लक्ष्य निर्धारण गर्दा गत केही वर्षदेखि राजश्व असुलीले लक्ष्य भेटाउन नसकेको देखिएको छ । आर्थिक वर्ष २०७९(८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको सो भन्सार कार्यालयले लक्ष्यको ६२।०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड बढी मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८(०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८।५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व असुली भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group