ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा चालु आर्थिक वर्षको डेढ महिनामा ३६ सवारी दुर्घटना, १२ जनाको मृत्यु


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १ : १८   बजे

काठमाडौं १२ भदौ । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्ममा २ जना गरी १२ जनाको मृत्यु भएको हो । उनका अनुसार चितवनमा साउनमा २८ वटा र भदौको १० गतेसम्म ८ वटा दुर्घटना भएका छन् । मृत्यु हुनेमा १० पुरूष र २ महिला छन् ।

ट्राफिक प्रहरी प्रमुख सुवेदीकाअनुसार पूर्व–पश्चिम राजमार्गमा भएका दुर्घटनामा २ जना, नारायणगढ–मुग्लिन सडकखण्डमा ४ जना, शहरी सडकखण्डमा १ जना र भित्री सडकमा ५ जनाको मृत्यु भएको छ । गत वर्ष यो अवधिमा साउनमा ४ जना र भदौमा ६ जना गरी १० जनाको मृत्यु भएको थियो ।

यस वर्षको यही अवधिमा पृथ्वी राजमार्गमा भने कुनै पनि सवारी दुर्घटना नभएको चितवन प्रहरीले जनाएको छ । सबैभन्दा धेरै घाइते मुग्लिन–नारायणगढ सडकखण्डमा ७२ जना भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu